Kathmandu Press

मन्त्री थापाको निधनको शोकमा प्रदेश १ मा सार्वजनिक बिदा

मन्त्री थापाको बुधबार निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अर्जुन निरौलाले मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको जनाएका छन्।
मन्त्री थापाको निधनको शोकमा प्रदेश १ मा सार्वजनिक बिदा

काठमाडौं, कात्तिक २४ : प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा प्रदेश १ मा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ।

मन्त्री थापाको बुधबार निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अर्जुन निरौलाले मन्त्री थापाको निधन भएको शोकमा सार्वजनिक बिदाका साथै राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको जनाएका छन्।

Hardik ivf

डेंगु संक्रमण भएका ५६ वर्षीय मन्त्री थापाको बुधबार नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि उनी मोरङ क्षेत्र नम्बर ३ प्रदेश सभा १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए ।

थापाको निधन भएपछि निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा १ को चुनावी कार्यतालिका परिवर्तन गरेको छ। जसअनुसार आज (बिहीबार) का लागि उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ। 

प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, कात्तिक २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्