कांग्रेसका पूर्वसांसद ढुंगेलको निधन
काठमाडौं, पुस १ : नेपाली कांग्रेसका पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधन भएको छ।
पूर्वसांसद ढुंगेलको मंगलबार त्रिवि शिक्षण अस्पताल म....

काठमाडौं, पुस १ : नेपाली कांग्रेसका पूर्वसांसद रामेश्वरप्रसाद ढुंगेलको निधन भएको छ।
पूर्वसांसद ढुंगेलको मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो।
ढुंगेल दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। कांग्रेसका महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सभापति ढुंगेलले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद ढुंगेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। स्वर्गीय ढुंगेलले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय भूमिकाको स्मरण गर्दै देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, सभापति देउवाले मृतात्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट पनि गरेका छन्।











