Kathmandu Press

अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल

मंगलबारे, कात्तिक २३ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी छन। उनीसँगै नेकपा (एमाले)बाट महेश बस्नेत प्रतिस्पर्धामा रहेका छन।

उनी इलामबाट सातौँ पटक चुनाव लड्दै छन। छ पटक विजयी भइसकेका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित भएका थिए। विसं २०४८ पछिका छ मध्ये पाँचवटा चुनाव जितेका उनी छैटौँ जितको प्रतीक्षामा छन।  

Hardik ivf

विसं २०४८ को आमनिर्वाचन विजयी बन्दै संसद् भवन छिर्ने अवसर पाएका नेता खनाल त्यसयता २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। उनी २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मा पराजित भएका थिए।

विसं २०७४ को चुनावमा नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएका खनाललाई यस पटक तिनै उम्मेद्वारसहित दलको साथ रहेको छ । पूर्व सहकर्मी तथा हाल एमाले जिल्ला अध्यक्ष बस्नेतसँगको भीडन्त खनालका लागि उति सहज भने पक्कै छैन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलको साथ खनाललाई छ ।

नेता खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताइसकेका छन। इलाममा जन्मिएका उनी २०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री थिए। विसं २०५३ मा सूचना तथा सञ्चारमन्त्री बनेका उनी २०६७ माघ २० गते प्रधानमन्त्री बने।

गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षले पाएको दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार दुई सय ३३ मत पाएको छ । नेपाली कांग्रेसले २५ हजार सात सय मत पाएको थियो ।

त्यस्तै एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले नौ हजार चार सय ८१, जनता समाजवादी पार्टीले एक हजार आठ सय २९, नेकपा (माओवादी केन्द्र)ले एक हजार दुई सय ३५ र राप्रपाले एक हजार एक सय ६९ मत पाएका छन् ।

प्रकाशित मिति: १९:२० बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्