Kathmandu Press

दलहरुले भन्दै आएको लोकतन्त्र जनताका लागि होइन : वैद्य 

दलहरुले भन्दै आएको लोकतन्त्र जनताका लागि होइन : वैद्य 

काठमाडौं, कात्तिक २३ : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले दलहरुले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको बताएका छन् । 

मंसिर ४ को निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाल लगाएत दलहरुले निकालेको विरोध र्यालीपछि काठमाडौंको शान्तिबाटीमा आयोजित कोणसभामा बैद्यले दलहरुले प्रतिगमनका बिरुद्ध लोकतन्त्र भनेपनि सो लोकतन्त्र जनताका लागि नभएको बताएका हुन्। 

मुलुकका पटक पटक परिवर्तन भएपनि मजदुर किसान, महिला, जनताले त्यसको महशुस गर्न नसकेको उनले बताए । बैद्यले अहिले नेताहरुका साथै व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राखे । 

प्रतिक्रियावादी पूजीवादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, नयाँ जनवाद–वैज्ञानिक समाजवाद लागू गर्नुपर्ने भन्दै उनीहरुले मंसिर ४ को निर्वाचन बरिस्कार र अवज्ञा गर्ने निर्णय गरेका हुन् । 

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, कात्तिक २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्