७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २३ : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर गरिएको ६ सय ३७ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप १२ जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा ५ सय ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १८:०४ बजे, बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












