Kathmandu Press

घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ 

काठमाडौं, पुस १ :  घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी पक्राउ परेका छन्।  

घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ 

काठमाडौं, पुस १ :  घुस लिएको आरोपमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी पक्राउ परेका छन्।  

घुस लिएको आरोपमा मंगलबार अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिपुरेश्वरस्थित कार्यालयबाट संस्थानका प्रमुख प्रशासक चौधरी र उपप्रशासक रेग्मीलाई पक्राउ गरेको हो।

जग्गासम्बन्धी विवादमा सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। काठमाडौं महानगरपालिका– १ मा रहेको जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

उनीहरुले सेवाग्राहीसँग कति रकम घुस लिएका थिए भन्नेबारे खुल्न अझै नसकेको प्रवक्ता कोइरालाले बताए। उनीहरुमाथि अनुसन्धान सुरु गरिएको उनले बताए।
 

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, पुस १, २०७६