Kathmandu Press

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती 

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती 

काठमाडौं, कात्तिक २३ : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओली दुईपटकसम्म प्रधानमन्त्री बनेको बताएका छन् । 

बुधबार बैतडीमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेको समेत ठोकुवा गरे । उनले फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई चुनौती समेत दिएका छन् ।

ओलीलाई पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूमि फिर्ताका विषयमा नक्सा मात्रै बनाएर नहुने बताए । उनले भारतसँग कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिए। ‘चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्,’ प्रचण्डले भने । 

 

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्