Kathmandu Press

डोटी भूकम्प : दुईजना घाइतेलाई धनगढी पठाइयाे

डोटी भूकम्प : दुईजना घाइतेलाई धनगढी पठाइयाे

डाेटी, कात्तिक २३ : डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुईजनालाई धनगढी रेफर गरेको छ। 

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो।

डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ। उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो। 

घाँटीका हड्डी भाँचिएकाले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा श्रेष्ठले बताए। यस्तै बिष्नाको हात भाँचिएको छ । अन्य घाइतेहरुको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ। 

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्