Kathmandu Press

उम्मेदवारको निधनपछि के हुन्छ मोरङको चुनाव ? आयोग भन्छ– निर्वाचन मिति सर्दैन 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारको निधन भएपनि त्यहाँको निर्वाचन नरोकिने बताएका छन् । 
उम्मेदवारको निधनपछि के हुन्छ मोरङको चुनाव ? आयोग भन्छ– निर्वाचन मिति सर्दैन 

काठमाडौं, कात्तिक २३ : मोरङ–३ को प्रदेश सभा निर्वाचन क्षेत्रनम्बर (क) का उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपनि त्यहाँको निर्वाचन नरोकिने भएको छ । प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री समेत रहेका थापाको आज निधन भएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारको निधन भएपनि त्यहाँको निर्वाचन नरोकिन बताएका छन् । पौडेलका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ ।

त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने पाैडेलले बताए ।आयोगले आजैबाट उम्मेदवार मनोनयन प्रक्रिया अघि बढाउने उनले बताए। 

 मंसिर ४ को निर्वाचनका लागि मनोनयन दर्ता गरेको भोलिपल्ट (असोज २४)देखि थापा बिरामी परेका थिए । उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना भएका उनलाई असोज २७ गते काठमाडौंस्ति ह्याम्स अस्पताल ल्याइएको थियो । ह्याम्समा   १७ दिन आइसीयु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो । उनलाई दुई दिनअघि मात्रै बेड रेस्टका लागि नोबेल अस्पताल ल्याइएको थियो ।  

 २०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालीन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । ०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिक कोटाबाट आएका सांसद बनेका थिए ।  

प्रकाशित मिति: १२:४७ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्