सिन्धुपाल्चोक बस दुर्घटनाबारे छानविन गर्न समिति गठन
काठमाडौंं, पुस १ : सरकारले सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात....
काठमाडौंं, पुस १ : सरकारले सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मंगलबार संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव राजेन्द्रराज शर्माको नेतृत्वमा छानविन समिति बनाएको हो। गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधिलाई समावेश गरेर बनाइएको समितिलाई सात दिन भित्र दुर्घटनाबारेको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
आइतबार बिहान दोलखाबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोसी गाउँपालिका–७ स्थित छ किलो मोडमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतलाई बालुवाटार बोलाएर पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेको भन्दै त्यसको न्यूनीकरणका उपाय खोज्न संयुक्त रुपमा निर्देशन दिएका हुन्।
निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी पूर्वाधार तथा सडक नियम पालना गराउन भनेका थिए।






