मोरङमा कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन
एक महिनादेखि निमोनियाले ग्रसित थापाको उपचारका क्रममा नोबेल अस्पतालमा बिहान १० बजेर ४० मिनेटमा निधन भएको अस्पतालले जानकारी दिएको छ ।
काठमाडौं, कात्तिक २३ : मोरङ–३ (१) मा नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री समेत रहेका थापाको आज बिहान निधन भएको हो ।
एक महिनादेखि निमोनियाले ग्रसित थापाको उपचारका क्रममा नोबेल अस्पतालमा बिहान १० बजेर ४० मिनेटमा निधन भएको अस्पतालले जानकारी दिएको छ । थापालाई क्याप्सिका निमोनिया भएको थियो
मंसिर ४ को निर्वाचनका लागि मनोनयन दर्ता गरेको भोलिपल्ट (असोज २४)देखि थापा बिरामी परेका थिए । उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना भएका उनलाई असोज २७ गते काठमाडौंस्ति ह्याम्स अस्पताल ल्याइएको थियो।
ह्याम्समा १७ दिन आइसीयु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थियो । उनलाई दुई दिनअघि मात्रै बेड रेस्टका लागि नोबेल अस्पताल ल्याइएको थियो ।
५८ वर्षीय थापाको श्रीमती लक्ष्मी कार्की एक छोरा छन् ।











