भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पमा परी मृत्यु भएकाका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।
काठमाडौं, कात्तिक २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पमा परी मृत्यु भएकाका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।
आज बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवाले गएराति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाईतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका हुन् ।
साथै उनले भूकम्पमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका छन।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भूकम्पका कारण डोटीमा ६ जनाको मृत्यु भएकामा दुःख व्यक्त ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत ओलीलेमृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनामा समवेदना ब्यक्त गरेका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दमशलव ६ म्याग्निच्युडको भूकम्प गएको हो।











