विद्या भट्टराईले लिइन् सांसदको सपथ
काठमाडौंं, पुस १ : कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनीयताको सपथ लिएकी छिन्।
मंगलबार संघी....
काठमाडौंं, पुस १ : कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनीयताको सपथ लिएकी छिन्।
मंगलबार संघीय संसद सचिवालयमा आयोजित समारोहमा सांसद भट्टराईलाई उपसभामुख डा. शिवमाया तम्बाहाम्फेले पद तथा गोपनीयताको सपथ गराएकी हुन्। भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट गत मंसिर १४ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।
सपथपछि पत्रकारहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले विकास तथा नीति निर्माणका अपूरा काम पूरा गर्ने प्रतिबद्धता जनाइन्। उनले आफू तीन वर्षका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले कास्की क्षेत्रको समग्र विकास निर्माणको काममा पनि खटिने प्रतिबद्धता जनाइन्।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि नेकपाले उपनिर्वाचनमा उनकै पत्नी भट्टराईलाई उम्मेदवार बनाएको थियो।






