साफ यू-१५ महिला च्याम्पियनसिपमा नेपालले भुटानको सामना गर्ने
तेस्रो खेलमा नेपालले भुटानको सामना गर्दै छ। नेपाल र भुटानबीचको खेल बुधबार दिउँसो ४ः१५ बजे ढाकामा सुरु हुनेछ। नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलले हराएको थियो।
काठमाडौं, कात्तिक २३ : बंगलादेशमा जारी साफ यू १५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज (बुधबार) तेस्रो खेल खेल्दैछ।
तेस्रो खेलमा नेपालले भुटानको सामना गर्दै छ। नेपाल र भुटानबीचको खेल बुधबार दिउँसो ४ः१५ बजे ढाकामा सुरु हुनेछ। नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलले हराएको थियो।
यस्तै, दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशलाई १–० गोलले हराएको थियो। २ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ। ३ खेल खेलेको बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ। भुटान भने अंकविहीन रहँदै पुछारमा छ। प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।
नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।डबल राउण्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछन्।