प्युठानमा जिप दुर्घटना, तीन जनाको मृत्यु
प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप बुधबार बिहान करिब १ बजेतिर प्युठान नगरपालिका–५ कुडापानीको घुम्तीमा दुर्घटना भएको हो।
काठमाडौं, कात्तिक २३ : प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ।
प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप बुधबार बिहान करिब १ बजेतिर प्युठान नगरपालिका–५ कुडापानीको घुम्तीमा दुर्घटना भएको हो।
मृत्यु हुनेमा प्युठान गनरपालिका–५ पातलकटेरीका ४४ वर्षीय थापा, उनकी श्रीमती ४३ वर्षीय जुनकी थापा र सोही गाउँकी ५३ वर्षीया महिमा घर्ती छन्।
दुर्घटनामा परी १२ जना घाईते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: ०७:५६ बजे, बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार