Kathmandu Press

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।
पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं, कात्तिक २३ : मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने ती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्