Kathmandu Press

नेपाल एयरलाइन्सलाई ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ 

काठमाडौंं, पुस १ : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)  सन् २०१९ को  ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प....

नेपाल एयरलाइन्सलाई ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ 

काठमाडौंं, पुस १ : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)  सन् २०१९ को  ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ प्राप्त गर्न सफल भएको छ।

‘एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर एशोसिएसन’ ले निगमले गुणस्तरीय सेवा पु¥याएबापत सोे सम्मान प्रदान  गरेको हो।  एशोसिएशनले मंगलबार गरेको कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले  ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ सम्मान ग्रहण गरेका हुन्।

एशोसिएशनले अन्तर्राष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पु¥याएको सेवालाई समेटेर भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट सम्मान जित्न सफल भएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए। चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षक, यात्रु र उड्डयन पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो सम्मान दिइएको एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिए। 

वायुसेवा कम्पनी कर्मचारी र चालक दलले यात्रुलाई गर्ने व्यवहार, यात्रु सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायत मापदण्डका आधारमा सो पुरस्कार छनोट  गरिन्छ। यसअघि थाइ एयर र फिन एयरले सो सम्मान प्राप्त गरेका थिए। रासस

प्रकाशित मिति: १५:४४ बजे, मंगलबार, पुस १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्