Kathmandu Press

विशेषबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझी २ सय ५१ प्रतिवादीका १ सय २४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको जनाएको हो।
विशेषबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडाैं, कात्तिक २२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझी २ सय ५१ प्रतिवादीका १ सय २४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको जनाएको हो।

पुनरावेदन दिएका मुद्दाका कुल बिगो रकम ४२ करोड १६ लाख २६ हजार ४ सय ६२ रुपैयाँ रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। चालू आवमा १ सय ६३ वटा फैसला प्राप्त गरेको र त्यसमध्ये अधिकांशको सर्वोच्चमा पुनरावेदन दिएको भण्डारीले बताए।

पुनरावेदन दिएका मध्ये सवैभन्दा बढि घुसरिसवत मुद्धाको संख्या १ सय १२ रहेका छन्। त्यस्तै अन्य मुद्धामा सामाजिक सुरक्षा भत्ता हिनामिना, राजस्व चुहावट, गैर कानूनी सम्पती आर्जन लगाएत छन्। अख्तियारका प्रवक्ता भण्डारीले आयोगको सफलता घट्नुमा आयोगको अनुसन्धानको कमजोरी नभएको बताए।

सप्रमाण हुदा पनि विशेष अदालतबाट उपयुक्त फैसाला नभएपछि कानूनले नै दिएको सुविधा उपयोग गरेर कानूनबमोजिम नै सर्वोच्चमा पुनरावेदन दिएको उनको भनाइ छ। उनले भ्रष्टाचारको मुद्दामा गम्भीर तवरले अनुसन्धान गरेर सप्रमाण कसुर स्थापीत गर्ने काममा सफल नहुदा गलत नजिर बस्ने भएकाले पुनरावेदनमा जानु परेको भण्डारीले बताए।

प्रवक्ता भण्डारीले मुद्दाको असफलताको दर बढ्दै जानुमा आयोगको कमजोरी नभएको दाबी गरे। उनले आयोगमा मुद्दा परेका विषयहरुमा अहिले पनि आयोग आन्तरिक रुपमा छानबिनमा केन्द्रित भएको जिकिर गरे। 

प्रकाशित मिति: १६:५६ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्