मकवानपुरमा विरोध खतिवडामाथि हातपात

काठमाडौं, कात्तिक २२ : सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विरोध खतिवडामाथि आफ्नै निर्वाचन क्षेत्रमा हातपात भएको छ ।
मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा आयोजित चुनावी सभामा जाने क्रममा खतिवडामाथि कुटपिट भएको हो ।
उनीमाथि हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ वर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका हुन् । सभास्थल पुगेका खतिवडालाई गाडीबाट ओर्लनासाथ खड्काले हातपात गरेको बताइएको छ ।
खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











