Kathmandu Press

गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य बर्खास्त 

आचार्यलाई मन्त्रीबाट बर्खास्त गर्न प्रदेश प्रमुख समक्ष पत्र पठाइसकिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए ।
गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य बर्खास्त 

काठमाडौं, कात्तिक २२ : गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । 

गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध भोट मागेको आरोप लागेपछि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् । 

आचार्यलाई मन्त्रीबाट बर्खास्त गर्न प्रदेश प्रमुख समक्ष पत्र पठाइसकिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । आचार्य डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका हुन् । उनी तत्कालीन नयाँ शक्तिबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । 

गण्डकीमा एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पुर्‍याउन नसकेर सरकार ढलेपछि कांग्रेस नेतृत्वमा सरकार बन्दा तत्कालिन जसपाबाट आचार्यले पनि मन्त्री बन्ने मौका पाएका थिए।

गोरखा–२ को प्रदेशसभामा नेसपाले फणिन्द्र देवकोटालाई उम्मेदवार बनाएपछि आचार्य रुष्टिएका थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएपनि पछि फिर्ता लिएका थिए । उम्मेदवार बन्न नपाएकै कारण गोरखामा प्रचण्डको विरुद्धमा मत माग्दै हिँडेको आरोप उनीमाथि लागेपछि मुख्यमन्त्री पोखरेलले आचार्यलाई बर्खास्त गर्न लागेका हुन् । 

प्रदेश सरकारमा मुख्यमन्त्री पोखरेल र मन्त्री आचार्यको सम्बन्ध त्यति राम्रो छै्रन । आचार्यले पत्रकार सम्मेलन गरेर सरकारको विरोध गरेपछि मुख्यमन्त्री उनीसँग रुष्टिएका थिए ।

 

प्रकाशित मिति: १५:४९ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्