Kathmandu Press

सगरमाथा आरोहण अब बाह्रै महिना

काठमाडौं, पुस १ : संसारको सर्वोच्च शिखर सगरमाथामा अब बाह्रै महिना आरोहण गर्न सकिने भएको छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बाह्रै महिना सग....

सगरमाथा आरोहण अब बाह्रै महिना
निर्मल पुर्जा

काठमाडौं, पुस १ : संसारको सर्वोच्च शिखर सगरमाथामा अब बाह्रै महिना आरोहण गर्न सकिने भएको छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन बाह्रै महिना सगरमाथा आरोहण खुल्ला गरेको हो।

यस अघि हिमाल आरोहण दुई सिजनमा मात्रै हुने गरेको थियो। सगरमाथा पनि वर्षमा दुई सिजन मात्रै आरोहण हुँदै आएको छ।

पर्यटन विभागले आरोहीको मागअनुसार, अंग्रेजी क्यालेन्डरअनुसार, चारै सिजनमा आरोहण अनुमति दिन थालेको छ। यस अघि स्प्रिङ र अटुममा मात्रै आरहोण् अनुमति दिँदै आएको थियो।

Hardik ivf

अब विन्टर र समरमा पनि आरोहण अनुमति दिन थालिएको पर्यटन भिागकी निर्देशक मीरा आचार्यले बताइन्। ‘विशेष गरि विन्टर र समर सिजनमा आरोहण अनुमति दिने गरिएको थिएन्, तर आरोहीले विन्टर र समर सिजनमा समेत अनुमति मागेपछि सगरमाथा बाह्रै महिना आरोहण हुने भएको हो,’ विभागकी निर्देशक आचार्यले भनिन्।

यो वर्षदेखि बाह्रै महिना अनुमति दिन थालिएको उनले बताइन्। ‘आरोहीले आरोहण अनुमति मागे, सरकारले खुल्ला गरेका चार सय १४ वटै हिमाल आरोहणका लागि तीन सय ६५ दिन नै अनुमति दिन्छौँ,’ उनले भनिन्।

विन्टरमा दुई जनालाई अनुमति

सगरमाथा आरोहणका लागि विन्टर सिजनमा दुई जना आरोहीले अनुमति लिएका छन्। निर्देशक आचार्यका अनुसार, जर्मन आरोही हग डेनियल र जोस्ट कोबुचले अनुमति लिएका छन्।

उनीहरुलाई विन्टर सिजनमा आरोहण गराउन नेपालकै सातोरी एड्भेन्चरले जिम्मा लिएको विभागले जनाएको छ। अर्काे एक समूह पनि अनुमति लिने तयारीमा रहेको दिर्नेशक आचार्यले बताइन्। ‘पुस १ गतेसम्म एउटा समूहका दुई आरोहीले अनुमति लिएका छन्,’ उनले भनिन्, ‘गत वर्षसम्म विन्टर सिजनमा साना हिमालको आरोहण अनुमति दिइन्थ्यो, तर अहिले सगरमाथाको पनि दिइएको छ।’

विन्टर सिजनमा हिउँ र चिसो बढी हुने भएकाले सफल आरोहण कम हुने आरोहीहरुको भनाइ छ।

विन्टर र समरमा राजश्वमा छुट

सरकारले चार अंग्रेजी सिजनलाई तीन भागमा विभाजन गरेर सगरमाथा आरोहणको शुल्क लिदै आएको छ।

जसमा स्प्रिङ सिजनमा सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर, अटममा त्यसको ५० प्रतिशत अर्थात पाँच हजार पाँच सय, विन्टर र समरमा अटम सिनको आधा अर्थात दुई हजार सात सय ५० डलर शुल्क तोकिएको छ।

विभागवाट अटम सिजनमा ५३ वटा हिमाल आरोहणका लागि ६२ देशका एक हजार दुई सय १० आरोहीले अनुमति लिएका थिए। जसमा सगरमाथा आरोहणका लागि दुइटा समूहका १० आरोही, ल्होत्से आरोहणमा दुइटा समूहका १३ आरोही र नुप्से आरोहणमा एउटा समूहका आठ आरोहीले अनुमति लिएका थिए। उनीहरु मौसम खराब हुँदा क्याप–३ भन्दा माथि पुग्न सकेका थिएनन्।

यो वर्ष सबैभन्दा धेरै स्प्रिङ सिजनमा ६ सय ५९ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए। जसमा दुई सय ८१ विदेशी आरोही र तीन सय ७८ जना गाईड तथा भरियाले सफल आरोहण गरेको विभागले जनाएको छ।

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, पुस १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्