Kathmandu Press

निर्वाचनपछिको चुनौती सामना गर्न गठबन्धन दलहरू तयार हुनुपर्छ : गगन थापा

उनले देशमा देखिएका आर्थिकलगायत समस्या समाधान गर्न निर्वाचनपछि बन्ने सरकार गम्भीर भएर लाग्नुपर्ने चुनौती रहेको जिकिर गरे।
निर्वाचनपछिको चुनौती सामना गर्न गठबन्धन दलहरू तयार हुनुपर्छ : गगन थापा

काठमाडाैं, कात्तिक २२ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनपछिको चुनौती सामना गर्न गठबन्धन दलहरु तयार हुनुपर्ने बताएका छन्। 

मंगलबार काठमाडौंमा काभ्रे-काठमाडौं-४ समन्वय समितिले आयोजना गरेको कार्यक्रममा थापाले मंसिर चारको निर्वाचन गठबन्धन नै जित्ने भन्दै त्यसपछिको चुनौती सामना गर्न दलहरु तयार हुनुपर्ने बताएका हुन्।

उनले देशमा देखिएका आर्थिकलगायत समस्या समाधान गर्न निर्वाचनपछि बन्ने सरकार गम्भीर भएर लाग्नुपर्ने चुनौती रहेको जिकिर गरे।

आम नागरिकमा देखिएको निराशालाई पनि गठबन्धनले निर्वाचन जितेपछि दृढ संकल्पका साथ हटाउनुपर्ने उनको भनाइ छ। थापाले पाँच वर्षका लागि गठबन्धनसँगै बसेर मत मागेकाले आगामी पाँच वर्ष जनताको मतको इज्जत राख्नुपर्ने धारणा राखे।

उनले जनताले दिएको जिम्मेवारीबाट असफल भए त्यसको मूल्य देशले चूकाउनुपर्ने भएकाले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए। थापाले नागरिकहरुले राजनीतिक नेतृत्व परिवर्तन खोजिरहेको भन्दै कांग्रेसको नेतृत्व परिवर्तन गरि मुलुक चलाउनका लागि आफ्नो पक्षमा मत माग्न आग्रह गरे।

थापाले घरदैलोका क्रममा जनताका विभिन्न प्रश्न रहेको भन्दै आफु प्रश्नको सामना गरेर जनताको समस्या बुझ्ने जिकिर गरे। 

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्