Kathmandu Press

राष्ट्रपतिद्वारा गुरुनानक जयन्तीको शुभकामना सन्देश

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनेकी छन्, “समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु ।”
राष्ट्रपतिद्वारा गुरुनानक जयन्तीको शुभकामना सन्देश

काठमाडौं, कात्तिक २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।  

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनेकी छन्, “समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु ।”

गुरुनानकले समाजमा शान्ति, सद्भाव र लोककल्याणका लागि सबै धर्मका बीचमा सहिष्णुताका लागि गरेको मार्गदर्शनको परिपालना गर्न सकेमा सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम अभिवृद्धि भई राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास उनले व्यक्त गरेकी छिन् ।

हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ सिख धर्मका प्रवर्तक तथा आदिगुरु गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । गुरुनानक एक समाज सुधारक धार्मिक गुरु थिए । गुरुनानकले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीति विरूद्ध मानिसलाई सचेत गराउने काम गरेका थिए ।

गुरुनानक जयन्तीको अवसरमा आयोजना गरिने विना भेदभाव निःशुल्क सामूहिक भोजन गर्न ‘लंगर परम्परा’ लाई यसैको एक कडीको रूपमा लिन सकिन्छ ।

प्रकाशित मिति: ०७:५८ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्