Kathmandu Press

कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा

टिममा ड्यानी अल्भेस, थिएथाे सिल्भा, नेमार, कासेमिराे, मार्किन्हाेस, एलिसनजस्ता अनुभवी खेलाडी छन् भने भिनिसियस जुनियर, राेड्रिगाे, ग्याब्रियल मार्टिनेली, एन्थाेनीजस्ता युवा खेलाडी पनि छन् ।
कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा

काठमाडौं, कात्तिक २२ : कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ।

पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा आगामी मंसिर ४ गतेबाट हुने फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।

टिममा ९ जना फरवार्ड, ३ जना गोल किपर,६ जना मिडफिल्डर र ८ जना डिफेन्डर छन्।

प्रशिक्षाक टिटेले घाेषणा गरेकाे ब्राजिलकाे टिमान अनुभवी र युवा खेलाडीको मिश्रणमा छ। टिममा ड्यानी अल्भेस, थिएथाे सिल्भा, नेमार, कासेमिराे, मार्किन्हाेस, एलिसनजस्ता अनुभवी खेलाडी छन् भने भिनिसियस जुनियर, राेड्रिगाे, ग्याब्रियल मार्टिनेली, एन्थाेनीजस्ता युवा खेलाडी पनि छन् ।

विश्वकपमा ब्राजिल सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरूनसँगै समूह जीमा छ। ब्राजिलले नाेभेम्बर २५मा सर्बियासँग खेल्दै विश्वपकाे यात्रा थालनी गर्ने छ।

पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ ।

Brazil_Squad16678687311667872369.jpg

प्रकाशित मिति: ०७:३६ बजे, मंगलबार, कात्तिक २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्