Kathmandu Press

'लौरो अभियानसँग मेराे कुनै संलग्नता छैन, गलत प्रचारमा संलग्नलाई कारबाही हाेस'

'लौरो अभियानसँग मेराे कुनै संलग्नता छैन, गलत प्रचारमा संलग्नलाई कारबाही हाेस'

काठमाडाैं, कात्तिक २१ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले लौरो अभियानसँग आफ्नाे कुनै सम्बन्ध नरहेकाे बताएका छन। निर्वाचन आयाेगले साेधेकाे स्पष्टिकरणकाे जवाफ दिँदै मेयर बालेनले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका हुन।

लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले १८ कात्तिकमा स्पष्टीकरण सोधेको थियो।

आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिंदै बालेनेले भनेका छन्, ‘स्थानीय सदस्य निर्वाचन-२०७९ मा म स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह प्राप्त गरी काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई निर्वाचित भएको हुँ । यही ४ मंसिर २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह प्राप्त गरी चुनावमा सहभागी भैरहेको उक्त दल र उक्त दलका कुनै पनि उम्मेदवारसँग मेरो कुनै सम्बन्ध छैन । ’

साथै उनले आफू कुनै दलमा आबद्ध नरहेकाे बताउँदै आफू निर्वाचित हुँदाको लौरो चुनाव चिन्ह र अहिलेको दलको चुनाव चिन्ह लौरोको बीचमा कुनै प्रकारको सम्बन्ध नरहेको प्रष्ट पारेका छन् ।

उनले आफ्नो समर्थनविना प्रचार गरेको प्रति आपत्ति जनाउँदै यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्न आयोगसँग अनुरोध गरेका छन।

प्रकाशित मिति: १९:३५ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्