Kathmandu Press

आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउने उपाध्यक्ष पाेखरेलकाे दाबी 

काठमाडौं ५ का उम्मेदवार रहनुभएका पोखरेलले सोमबार घर दैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले एमालेले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरेका हुन्।
आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउने उपाध्यक्ष पाेखरेलकाे दाबी 

काठमाडाैं, कात्तिक २० : एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरेका छन्। 

काठमाडौं ५ का उम्मेदवार रहनुभएका पोखरेलले सोमबार घर दैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले एमालेले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरेका हुन्।

उनले एमालेले उठाएका विषयलाई साकार पार्न जनताको साथ र समर्थन एमालेले पाउने जिकिर गरे। निर्वाचनमा गठबन्धनका तर्फबाट फैलाइएका त्रासहरु च्यातिसकेको उनको भनाइ छ। पोखरेलले एमालेले उठाएका राजनीतिक स्थायित्व, राष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक विकास र समृद्धि लगाएतका मुद्दाहरूलाई  स्थापlत गरेरै छाड्ने प्रतिबद्धता जनाए।

आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौँ ५ मा नेकपा एमालेकातर्फ बाट ईश्वर पोखरेल र गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन्। यसअघि २०७४ निर्वाचनमा एमालेका उम्मेदवार इश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच भएको प्रतिस्पर्धामा पोखरेल विजयी भएका थिए।

प्रकाशित मिति: १७:२४ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्