Kathmandu Press

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित 

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित 

काठमाडौं, कात्तिक २१ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको  छ । मूलपानी क्रिकेट मैदानमा आज भएको  खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जीत निकालेको हो । 

 कर्णालीले दिएको एक सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा ग¥यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोडे भने शेर मल्लले अविजित ३४ रन बनायो । राजु रिजालले अविजित २४ रन बनाए भने टेक रावलले १८ रन बनाए ।

कर्णालीका रवीन्द्र शाहीले ३ तथा दिवन पुनले दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर एक बलमा अलआउट हुँदै एक सय ५० रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ७० रनको अर्धशतकीय इनिङ खेले । सुवास एयरले २४ रन बनाए । हिमान्सु शाही १२ रनमा आउट भए।

सुुदूरपश्चिमका नारायण जोशीले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट तथा गजेन्द्र बोहराले दुई विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिमको यो सान्त्वना जीत हो । समूह एकको सुदूरपश्चिमले चार खेलमा दुई अङ्क जोडेको छ । यता कर्णालीको यो लगातार तेस्रो हार हो । कर्णाली तीन खेलमा अङ्कविहीन रहँदै पुछारमा रहेको छ । 

प्रकाशित मिति: १७:१८ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्