काठमाडौं-१ मा लोसपाका उम्मेदवारले गरे प्रकाशमान सिंहलाई समर्थन

काठमाडौं, कात्तिक २१ : काठमाडौं–१ मा लोकतान्त्रिक समाजवादीका उम्मेदवार प्रकाश नायजुले आफ्नो उम्मेदवारी निष्कृय पारेका छन् । सोमबार नायजुले आफ्नो उम्मेदवारी निष्कृय पार्दै सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गर्ने निर्णय गरेको हुन् ।
साथै प्रदेश सभा क्षेत्र (क) का लोसपा उम्मेदवार रणवीरसिंह क्षेत्रीले पनि उम्मेदवारी निस्कृय गर्दै सत्ता गठबन्धनका उम्मेदवार दीपेन्द्र श्रेष्ठलाई सहयोग गर्ने भएका छन्।
प्रदेश सभा क्षेत्र (ख) मा लोसपा उम्मेदवार रहेका करण श्रेष्ठको उम्मेदवारी भने कायमै रहेको विज्ञप्तिमा उल्लेख छ।
सिंह र श्रेष्ठलाई समर्थन गरेका लोसपाका उम्मेदवारहरूले आजदेखि आफ्नो चुनाव प्रचार नगरी सत्ता गठबन्धनका उम्मेदवारको प्रचार गर्ने सहमति पनि भएको छ।
नेपाली कांग्रेस र लोसपाबीच मधेश प्रदेशका ७ ठाउँमा चुनावी गठबन्धन भएको थियो।

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











