Kathmandu Press

प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनलमा मधेस प्रदेश

बागमती प्रदेशसंगको खेल टाई भएपनि मधेश ३ खेलबाट पाँच अंक जोड्दै सेमिफाइनलमा पुगेको हो।  बागमती भने यसअघि नै प्रतियोगिताबाटै बाहिरिसकेको छ।
प्रधानमन्त्री कप क्रिकेट : सेमिफाइनलमा मधेस प्रदेश

काठमाडाैं, कात्तिक २० : मधेस प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बागमती प्रदेशसंगको खेल टाई भएपनि मधेश ३ खेलबाट पाँच अंक जोड्दै सेमिफाइनलमा पुगेको हो।  बागमती भने यसअघि नै प्रतियोगिताबाटै बाहिरिसकेको छ।

सोमबार किर्तिपुरस्थीत त्रिवि मैदानमा भएको खेलमा मधेशले दिएको १९१ रनको लक्ष्य पन्छाएको बागमती ४९.२ ओभरमा १९० रनमा अलआउट भएपछि खेल टाई भएको हो।

खेल टाई भएपछि दुबै टोलीले एक एक अंक बाँडेका हुन्। बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४०, रित गौतमले ३२, ईसान पाण्डेले ३१, सुर्य तामांगले २८, विवेक मगरले २५ रन जोडे। त्यसअघि टस जितेर ब्याटिङ मधेश ४६.२ ओभरमा १९० रनमा अलआउट भयो। जसमा रोहन विकले सर्वाधिक ६३ रन बनाए।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले पहिलो जित निकाल्यो। कर्णालीले दिएको १ सय ५१ रनको लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो। प्रतियोगिताबाट बाहिरिसकेको सुदुरपश्चिमको यो सान्त्वना जित हो। कर्णालीको यो लगातार तेस्रो हार हो।

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्