Kathmandu Press

दयाहाङको ‘नीरफूल’ फागुनमा प्रदर्शनमा आउने

काठमाडौं, पुस १ : भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म ‘नीरफूल’ले नयाँ रिलिज मिति तय गरेको छ।

आगामी फागुन ३....

दयाहाङको ‘नीरफूल’ फागुनमा प्रदर्शनमा आउने

काठमाडौं, पुस १ : भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म ‘नीरफूल’ले नयाँ रिलिज मिति तय गरेको छ।

आगामी फागुन ३० गते देशभर रिलिज हुने निर्माण पक्षले जनाएको छ। यस अघि भदौ २७ गते रिलिज मिति तोकेको थियो।

संचारकर्मी फूलमान वल निर्देशित यस फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीको अभिनय रहेको छ।

गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाइको कारण रिलिज मिति सार्नुपरेको जनाएको छ।

फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन्। सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन्। निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्पको वेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए।

अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको भनाइ छ।

फ्रेन्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन्।

प्रकाशित मिति: १२:२४ बजे, मंगलबार, पुस १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्