एकीकृत समाजवादीका जुम्ला अध्यक्षसहित सिंगो कमिटी एमालेमा समाहित

काठमाडौं, कात्तिक २१ : नेकपा एकीकृत समाजवादीका जुम्ला जिल्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहित सिंगो जिल्ला कमिटी एमालेमा समाहित भएको छ।
सोमबार एमाले जुम्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै सिंगो कमिटी एमालेमा समाहित भएको घोषणा गरेका हुन्।
निर्वाचनको मुखमा सिंगो जिल्ला कमिटी नै एमालेमा समाहित भएपछि एकीकृत समाजवादीमा हलखल्ला मच्चिएको छ। यसको प्रत्यक्ष प्रभाव निर्वाचनमा पर्ने एमाले नेताहरु बताउँछन्।
जुम्लामा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट प्रदेशसभा १ मा पदमबहादुर रोकाय उम्मेदवार छन्।


प्रकाशित मिति: १६:२९ बजे, सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











