यस्ताे छ प्रदीप पौडेलकाे प्रतिबद्धतापत्र

काठमाडौं, कात्तिक २१ : काठमाडौं निर्वाचन क्षेत्रनम्बर ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि पौडेलले प्रदेशतर्फ क्षेत्र नम्बर १ का उम्मेदवार भैरव सापकोटा र २ का श्यामबहादुर खड्कासमेतको एजेण्डालाई समेटेर १७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
प्रतिबद्धतापत्रमा निर्वाचन क्षेत्रमा सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने, व्यवस्थित सडक र पार्किङको व्यवस्था गर्ने, गुणस्तरीय स्वास्थ्य सेवाका लागि पहल गर्ने, कला, संस्कृतिको संरक्षणमा लाग्ने, खानेपानी र ढल निकासको उचित व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ।
यसैगरी रोजगारी सिर्जनामा जोड दिने, बालबालिका र जेष्ठ नागरिकका लागि विशेष व्यवस्था गर्ने, महिला सशक्तीकरणमा जोड दिने, नविन प्रविधिको विकास गर्ने, भूमिहीनताको अवस्था अन्त्य गर्ने जस्ता प्रतिबद्धता पनि जनाइएको छ ।











