Kathmandu Press

तराईमा हुस्सु र कुहिरो, पहाडमा घाम लाग्ने

काठमाडौं, पुस १ : पश्चिमी वायुका कारण केही दिनदेखि भइरहेको वर्षा र हिमपात रोकिने भएको छ। तराईमा भने हुस्सु र कुहिरो लाग्ने जनाएको छ।

जल तथा ....

तराईमा हुस्सु र कुहिरो, पहाडमा घाम लाग्ने

काठमाडौं, पुस १ : पश्चिमी वायुका कारण केही दिनदेखि भइरहेको वर्षा र हिमपात रोकिने भएको छ। तराईमा भने हुस्सु र कुहिरो लाग्ने जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले नेपालमा कुनै मौसमी प्रणाली छैन। जसले गर्दा मौसममा धेरै फेरबदल हुनेछैन। मौसममा आंशिक बदली हुनेछ।

महाशाखाका अनुसार, तराईमा भने हुस्सु र कुहिरो लाग्नेछ। बिहानैदेखि तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ।

पश्चिमी तराईका जिल्ला कैलालि, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहि, नवलपुरमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। यो साँझसम्म हट्ने जनाएको छ।

त्यस्तै, मध्य तराईका जिल्ला चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा, नवलपरासीमा पनि हुस्सु र कुहिरो लागेको छ। त्यहाँ भने अपराह्नसम्म हट्ने जनाएको छ।

यस्तै, पूर्व तराईका जिल्ला महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापामा पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ। त्यहाँ भने साँझसम्म हट्ने महाशाखाले जनाएको छ।

पहाडी जिल्लामा भने आज मौसम सफा रहनेछ। केही जिल्लामा सामान्य बदली भएपनि अधिकांश जिल्लामा घाम लाग्ने महाशाखाले जनाएको छ।

आगामी तीन दिन पनि मौसममा खासै बद्लाव नआउने जनाएको छ। केही ठाउँमा भने सामान्य बदली हुने जनाएको छ।

प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, पुस १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्