Kathmandu Press

आर्थिक समृद्धिको एजेन्डा नै अहिलेको प्राथमिकता : नेता सिंह

सोमबार काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानका क्रममा उनले राजनीति स्थिरता कायम गर्दै जनताको जनजिविका र आर्थिक समृद्धिको एजेन्डा अहिलेको प्रमुख प्राथमिकता भएको बताएका हुन्।
आर्थिक समृद्धिको एजेन्डा नै अहिलेको प्राथमिकता : नेता सिंह

काठमाडाैं, कात्तिक २१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनजीविका सहज बनाउने र आर्थिक समृद्धिको एजेन्डा नै अहिलेको प्राथमिकता भएको बताएका छन्।

सोमबार काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानका क्रममा उनले राजनीति स्थिरता कायम गर्दै जनताको जनजिविका र आर्थिक समृद्धिको एजेन्डा अहिलेको प्रमुख प्राथमिकता भएको बताएका हुन्।

उनले यसपटकको निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर संविधानको पूर्ण कार्यान्वयन गर्दै गाउँमा सिंहदरबार नारामा नभई व्यवहारमा पुराउने दाबी गरे।

संविधानको कार्यान्वन नहुँदै संंघीयता, गणतन्त्र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरु ठिक छैन भन्दै देशलाई पुन अस्थिरतातर्फ लैजान खोजेको उहाको आरोप छ।

नेता सिंहले जनताको आवश्यकताअनुसार नै घरदैलो अभियानका क्रममा जनताले राखेका गुनासो र समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १४:०७ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्