Kathmandu Press

हिउँले छोपियो विद्यालय, परीक्षा स्थगित

डोल्पा, पुस १ : तीन दिनदेखि लगातार हिउँ परेपछि डोल्पाका विद्यालय हिउँले छोपिएको छ।

डोल्पाको मुड्केचुला गाउँपालिका–५ सुर स्थित डाँफे आध....

हिउँले छोपियो विद्यालय, परीक्षा स्थगित
रासस

डोल्पा, पुस १ : तीन दिनदेखि लगातार हिउँ परेपछि डोल्पाका विद्यालय हिउँले छोपिएको छ।

डोल्पाको मुड्केचुला गाउँपालिका–५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले छोपिएको हो। विद्यालय हिउँले छोपिएपछि बन्द भएको छ।

अहिले डोल्पामा वार्षिक परीक्षा चलिरहेका छन्। विद्यालयनै छोपिएपछि परीक्षा स्थगित गर्नु परेको शिक्षकले बताएका छन्।

त्यस्तै, मुड्केचुलालगायतको उत्तरी गाउँपालिकामा अत्यधिक हिउँ परेको छ। जसले गर्दा घरसमेत छोपिएका छन्। केही सरकारी कार्यालय हिउँ छोपिएपछि बन्द भएका छन्।

यस वर्ष मंसिरमै अत्यधिक हिउँ परेपछि जनजीवन प्रभावित बनेको छ। चिसो अत्यधिक बढेको स्थानीय वासिन्दाले बताएका छन्।

प्रकाशित मिति: ११:०८ बजे, मंगलबार, पुस १, २०७६