Kathmandu Press

रुपन्देहीमा श्रीमान्–श्रीमती घरभित्र मृत फेला 

हेमकलाको शव तन्नाले बेरिएको र बोलिन्द्रको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेकाले श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।  
रुपन्देहीमा श्रीमान्–श्रीमती घरभित्र मृत फेला 

काठमाडौं, कात्तिक २२ : रुपन्देहीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । 

जिल्लाको देवदह नगरपालिका–५ स्थित पाल्पाली टोलको एक घरमा श्रीमान र श्रीमती मृत अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  कतारबाट छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी ३२ वर्षीया श्रीमती हेमकला जोल्मी मगर घरभित्र मृत फेला परेका हुन् । 

हेमकलाको शव तन्नाले बेरिएको र बोलिन्द्रको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेकाले श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।  

घटनाबारे थप अनुसन्धान भइरहेको छ । 
 
प्रकाशित मिति: १०:३३ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्