Kathmandu Press

चुनावी सभालाई सम्बोधन गर्न ओली पोखरा जाने 

एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृहमा जाने कार्यक्रम रहेको हो ।
चुनावी सभालाई सम्बोधन गर्न ओली पोखरा जाने 

काठमाडौं, कात्तिक २१ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै जाँदै छन् ।

एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा सभागृहमा जाने कार्यक्रम रहेको हो ।

अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैराग) कार्यक्रममा सहभागिता रहनेछ ।

यस्तै अन्य उम्मेदवार पनि सहभागी रहनेछन् । 

प्रकाशित मिति: ०८:१४ बजे, सोमबार, कात्तिक २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्