पश्चिम तराईमा शीतलहर सुरू, जनजीवन प्रभावित
राजपुर, पुस १ : पश्चिम तराईका जिल्लामा शीतलहर सुरू भएको छ। बर्दिया, बाँके, दाङलगायतका पश्चिम तराईमा शीतलहरले जनजीवन प्रभावित भएको छ।
बिहान अ....
राजपुर, पुस १ : पश्चिम तराईका जिल्लामा शीतलहर सुरू भएको छ। बर्दिया, बाँके, दाङलगायतका पश्चिम तराईमा शीतलहरले जनजीवन प्रभावित भएको छ।
बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ। दिउसो पनि घाम लाग्न छाडेको छ। बिहान र साँझ भने बाहिरभित्र गनै समस्या हुन थालेको स्थानीय वासिन्दाले बताएका छन्।
शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन्। शीतलहरका कारण वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढ्न थालेको छ।
चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो बाल्न सुरू गरेका छन्। बिहान–बेलुका चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया मधुवनका यामप्रसाद शर्माले बताए।
शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको कृषकले बताएका छन्। शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पु¥याएको स्थानीयवासी कृषक जयराम चौधरीले बताए।






