Kathmandu Press

गठबन्धनको सूत्रधार मै हो : अध्यक्ष केसी

गठबन्धनको सूत्रधार मै हो : अध्यक्ष केसी

बागलुङ, कात्तिक २० : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको दाबी गरेका छन। बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने बताए। आज बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले मङ्सिर ४ गतेको निर्वाचन प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने बताउँदै प्रतिगमन ढलेर जाने बताए।

उनले भने, 'मनै प्रतिगमनका विरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ,' नेता केसीले भने, 'अहिलेको हाम्रो लडाइँ प्रतिगमन र अग्रगमनबीच छ, मङ्सिर ४ गते प्रतिगमनलाई ढलाइन्छ ।' उनले आफूले प्रतिगमनको विरुद्ध र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको भन्दै आफूले सहजै ढङ्गले चुनाव जित्ने बताए।

नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए। उनले जनताहरू विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने बताए।

प्रकाशित मिति: २०:३३ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्