Kathmandu Press

विद्या भट्टराईले आज सांसद पदको सपथ लिने 

काठमाडौं, पुस १ : कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईको मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम छ । 

विद्या भट्टराईले आज सांसद पदको सपथ लिने 

काठमाडौं, पुस १ : कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईको मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम छ । 

भट्टराईलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । १४ मंसिरमा सम्पनन उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन भएको थियो । 

प्रकाशित मिति: ०८:४० बजे, मंगलबार, पुस १, २०७६