एमाले रामेछापमा पहिरो : बाग्मती प्रदेश सचिवालय सदस्य लामासहित ४२ जना माओवादीमा प्रवेश
एमाले बाग्मती प्रदेश सचिवालय सदस्य रामकृष्ण लामासहित जिल्ला कमिटीका नेतासहित ४२ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
काठमाडौं, कात्तिक २० : नेकपा एमाले रामेछापका ४२ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमाले बाग्मती प्रदेश सचिवालय सदस्य रामकृष्ण लामासहित जिल्ला कमिटीका नेतासहित ४२ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा लामासहित जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा, पूर्व जिल्ला कमिटी सदस्य हरि बहादुर लामा र बसन्त सागर लामा, गाउँपालिका कमिटी सदस्य रोज बहादुर लामा र रामशरण गौतम, अनेरास्ववियुका नेता हेमन्त सागर लामा लगायतका नेता कार्यकर्ता रहेका छन् ।
नवप्रवेशी ४१ जना नेता कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे।

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











