Kathmandu Press

टी-२० विश्वकप : बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

पाकिस्तान सेमिफाइनलमा पुगेसँगै टि–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ।
टी-२० विश्वकप : बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडाैं, कात्तिक २० : पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ। आइतबार एडिलेडमा भएको बंगलादेशमाथि ५ विकेटको जित निकाल्दै पाकिस्तानले सुपर १२ को ग्रुप २ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो।

पाकिस्तान सेमिफाइनलमा पुगेसँगै टि–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। ग्रुप १ बाट न्युजिल्यान्ड विजेता र इंग्ल्यान्ड उपविजेताका रुपमा सेमिफाइनल पुग्दा ग्रुप २ बाट पाकिस्तानसँगै भारत सेमिफाइनल पुगेको छ। आजै हुने भारत र जिम्बाबेबीचको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्ने छ।

एडिलेडमा पहिला ब्याटिङ गर्दैै बंगलादेशले दिएको १२८ रनको सामान्य लक्ष्य पाकिस्तानले ११ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाउँदा मोहम्मद हरिसले ३१ रन बनाए।

यस्तै, बाबर अजामले २५ रन बनाउँदा शान मसुदले २४ रनको योगदान दिए। बंगलादेशका नसुम अहमद, सकिब अल हसन, मुस्ताफिजुर रहमान र इबादत मुहैनले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले राम्रो सुरुआत गरेर पनि प्रतिस्र्पधात्मक योगफल बनाउन सकेन। उसका लागि नजमुल हसनले अर्धशतकीय योगदान दिए पनि अन्य ब्याट्सम्यान नचल्दा बंगलादेश सस्तैमा समेटियो। 

ओपनर नजमुलले ४८ बलमा ७ चौका प्रहार गर्दै ५४ रन बनाउँदा अफिफ हुसेनले २४ र सौम्य सरकारले २० रनको योगदान दिए। 

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका साहीन शाह अफ्रिदीले ४ विकेट लिँदा शादब खानले २ विकेट लिए।

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्