Kathmandu Press

टि–२० विश्वकप : दक्षिण अफ्रिका पराजित हुँदा भारत सेमिफाइनलमा, पाकिस्तान र बंगलादेशलाई पनि राहत

आइतबार बिहान भएको दक्षिण अफ्रिका नेदरल्यान्डससँग १३ रनले पराजित भएपछि भारत खेल खेल अगावै सेमिफाइनलमा प्रवेश गर्दा याे हारले पाकिस्तान र बंगलादेशलाई पनि ठूलो राहत भएको छ।
टि–२० विश्वकप : दक्षिण अफ्रिका पराजित हुँदा भारत सेमिफाइनलमा, पाकिस्तान र बंगलादेशलाई पनि राहत

काठमाडाैं, कात्तिक २० : सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिका पराजित हुँदा भारत अस्ट्रेलियामा जारी टि–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको दक्षिण अफ्रिका नेदरल्यान्डससँग १३ रनले पराजित भएपछि भारत खेल खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो।

यो हारसँगै दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिएको छ। सुरुआती तीन खेलमा अपराजित रहँदै सेमिफाइनल सम्भावना बलियो बनाएको दक्षिण अफ्रिका त्यसपछि दुई खेलमा पारजित भएपछि उ प्रतियोगिताबाट बाहिरिएको हो।

यता, दक्षिण अफ्रिकाको हारले पाकिस्तान र बंगलादेशलाई पनि ठूलो राहत भएको छ। अब यी दुई मध्ये जुन टिमले जित्छ त्यही टिम ग्रुप २ बाट सेमिफाइनलमा पुग्ने छ।

ग्रुप २ मा ६ अंकसहित भारत शीर्ष स्थानमा रहँदा दक्षिण अफ्रिका ५ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, समान ४ अंक जोडेका पाकिस्तान, नेदरल्यान्ड्स र बंगलादेश क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। ग्रुप २ का बाँकी दुई खेलमा पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाबे भिड्ने छन्।

एडलेडमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन मात्र बनाउन सक्यो। उसका लागि राइले रुसोले सर्वाधिक २५ रन बनाउँदा हेनरिक क्लासेनले २१ र कप्तान टेम्बा बाभुमाले २० रन जोडे ।

दक्षिण अफ्रिकालाई सस्तैमा रोक्ने क्रममा ब्रान्डन ग्लोभरले तीन विकेट लिए । उनले २ ओभरमा ९ रन मात्र खर्चिए। यस्तै, फ्रेड क्लासेन र बास डे लिडले समान २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । उसका लागि कोलिन अकरमाले सर्वाधिक ४१ रन बनाए ।

यस्तै स्टेफन माइवर्गले ३७, टम कुपरले ३५ र म्याक्स ओ डाउडले २९ रन बनाए । दक्षिण अफ्रिकाका केशव महाराजले २ विकेट लिए ।

प्रकाशित मिति: ०९:४७ बजे, आइतबार, कात्तिक २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्