पिकेको बिदाइ खेलमा बार्सिलोनाको जित
यस खेलअघि नै खेल जीवनबाट सन्न्यासको घोषणा गरिसकेका पिकेले क्याम्प नेउमा अन्तिम पटक ८४ मिनेट मैदानमा बिताए । मंगलबार ओसासुना भ्रमणपछि पिकेले सन्यास लिनेछन् । तर उनले त्यो खेल खेल्ने पक्का भने छैन ।
काठमाडाैं, कात्तिक २० : भेट्रान डिफेन्डर जेरार्ड पिकेको बिदाइ खेलमा बार्सिलोना विजयी भएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले अल्मेरियामाथि २–०को जित निकाल्यो।
यस खेलअघि नै खेल जीवनबाट सन्न्यासको घोषणा गरिसकेका पिकेले क्याम्प नेउमा अन्तिम पटक ८४ मिनेट मैदानमा बिताए । मंगलबार ओसासुना भ्रमणपछि पिकेले सन्यास लिनेछन् । तर उनले त्यो खेल खेल्ने पक्का भने छैन ।
बार्सिलोनाकै उत्पादन पिकेले सिनियर करिअय भने म्यान्चेस्टर युनाइटेडबाट गरेका थिए। सन् २००८ मा म्यानचेष्टर युनाइटेडबाट बार्सिलोना फर्केपछि पिकेले बार्सिालोनाबाट ६१६ खेल खेल्दै ३० ट्रफी जितेका छन्।
बार्सिलोनाको जितमा लागि उसमान डेम्बेले र फ्रेन्की डे जोङले गोल गरे।
रोबर्टो लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुक्दा बार्सिलोना पहिलो हाफमा बराबरीमा रोकिएको थियो । केइकी फर्नान्डेसले डिबक्समा ह्यान्ड गरेपछि सातौं मिनेटमा बार्सिलोनाले पेनाल्टी पाएको थियो। तर, लेवान्डोस्कीको प्रहार बाहिरिएको थियो।
४८औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। उनले सर्जियो बुस्केट्सको पासमा गोल गरेका थिए। ६२औं मिनेटमा डि योङले गोल गरेपछि बार्सिलोना २–०ले विजयी भयो।
जितपछि बार्सिलोनाले १३ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको रियल मड्रिड ३२ अंकसहित दोस्रो स्थानमा छ ।











