काठमाडाैंबाट रूकुम जाँदै गरेकाे बस धादिङमा दुर्घटना
शनिबार साँझ सवा ६ बजेतिर बस सडकबाट २०० मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ।
काठमाडाैं, कात्तिक १९ : काठमाडौंबाट रूकुम जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० हुग्दीखोला नजिक दुर्घटना भएको छ।
शनिबार साँझ सवा ६ बजेतिर बस सडकबाट २०० मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसका चालिकसहित १६ जना घाइते भएको छन् । घाइतेहरूको उपचारको लागि स्थानीय मेडिकल टोली खटिएको छ।
प्रकाशित मिति: २०:४७ बजे, शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार