Kathmandu Press

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्छ : गृहमन्त्री खाण

शनिबार भैरहवामा आयोजित बृहत् कार्यकर्ता भेलामा गृहमन्त्री खाणले देश विकासका लागि संघसहित सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बताए।
निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्छ : गृहमन्त्री खाण
फाइल तस्बिर ।

रुपन्देही, कात्तिक १९ : गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन्।

शनिबार भैरहवामा आयोजित बृहत् कार्यकर्ता भेलामा गृहमन्त्री खाणले देश विकासका लागि संघसहित सातै प्रदेशमा पाँचदलीय गठबन्धनले सरकार बनाउने बताए।  मन्त्री खाण रुपन्देही क्षेत्र नं ३ मा कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत हुन्।

गृहमन्त्री खाणले लामो संघर्षपश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप मजबुत बनाउँदै नागरिकको अवस्था परिवर्तन गर्न पाँचदलीय गठबन्धन बनेको र यसको जित अत्यावश्यक रहेको औँल्याए।

उनले गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत हुनुपर्ने बताए। बेला–बेलामा नेपाली कांग्रेस र वामपन्थी शक्ति मिलेर नेपालमा ठूला–ठूला राजनीतिक परिवर्तन भएको उनले उल्लेख गरे।

२०४६ मा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमन, २०६०र६२ को संयुक्त आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य र १२ बुँदे सहमति यसैको परिणाम भएको उनको भनाइ छ।

‘माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन र राजतन्त्रलाई हटाउन स्व. गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आपसी वार्ता र पहलबाट मात्र सम्भव भएकाले दुवै नेताको ठूलो योगदान रहेको छ,’ मन्त्री खाणले भने।

प्रकाशित मिति: १९:५४ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्