Kathmandu Press

‘राजनीति मेरा लागि पेशा–व्यवसाय होइन, सेवा हो’

मन्त्री कार्कीले शनिबार भोक्राहा गाउँपालिका–१ मा वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्राचार–प्रसार कार्यालयको उद्घाटन गर्दै राजनीति व्यवसाय र पेशा नभएरका आफ्ना लागि सेवा भएको बताएका हुन्।
‘राजनीति मेरा लागि पेशा–व्यवसाय होइन, सेवा हो’

सुनसरी, कात्तिक १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्ना लागि राजनीति सेवा भएको बताएका छन्।

सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभास सदस्य उम्मेदवार बनेका बनेका कार्कीले शनिबार भोक्राहा गाउँपालिका–१ मा वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्राचार–प्रसार कार्यालयको उद्घाटन गर्दै राजनीति व्यवसाय र पेशा नभएरका आफ्ना लागि सेवा भएको बताएका हुन्।

मन्त्री कार्कीले निर्वाचन प्रतिस्पर्धात्मक भए पनि यसलाई उत्सवका रूपमा लिनुपर्ने बर्ताए। उनले भने, ‘जहिले पनि जनताको चाहना र आवश्यकतालाई शीरोधार्य गरेर काम गरिरहेको छु। सामाजिक एकतालाई धमिल्याउने र विखण्डता ल्याउने विचार पोख्ने नेता तथा दलसँग सावधान रहनुपर्छ।’

उनले भूमिहीनहरूको आवाजलाई मुखरित गर्न र लोकतन्त्रका लागि आफूले जेल जीवन बिताएको उल्लेख गरे। मन्त्री कार्कीले खोक्रो र झुट्टा आश्वासनले राजनीतिक संस्कार नबस्ने भन्दै आफूले गर्न सक्ने कुरा मात्र बोलेको स्पष्ट पारे।

आफ्नो निर्वाचन क्षेत्रमा आइटीसँग जोड्ने गरी स्मार्ट विद्यालय सञ्चालनमा ल्याउने मन्त्री कार्कीले प्रतिबद्धता पनि व्यक्त गरे।

सो अवसरमा सुनसरी ४ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार हाजी डा. इस्राइल मन्सुरीले समाज र राष्ट्रको मुहार फेर्न गठबन्धन दलका उम्मेदवार जित्नुपर्ने धारण राखे। उनले जनताले कसैको बहकावमा नलागी सच्चा र इमान्दार उम्मेदवारलाई जिताउन सकेमा मात्र यस क्षेत्रको सोचेअनुसारको विकास हुने दाबी गरे।

 

प्रकाशित मिति: १९:१४ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्