Kathmandu Press

यू–१५ महिला साफ : नेपालको लागतार दोस्रो, बंगलादेशविरुद्धको वर्षाको गोल निर्णायक

यसअघि पहिलो खेलमा नेपालले भुटानमाथि ७–०को जित निकालेको थियो । पहिलो हार बेहोरेको बंगलादेशले भुटालाई ८–०ले हराएको थियो।
यू–१५ महिला साफ : नेपालको लागतार दोस्रो, बंगलादेशविरुद्धको वर्षाको गोल निर्णायक

काठमाडाैं, कात्तिक १९ : बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । शनिबार ढाकामा भएको खेलमा वर्षा ओलीको निर्णायक गोल मद्दतमा नेपालले बंगलादेशलाई १–०ले हरायो।

यसअघि पहिलो खेलमा नेपालले भुटानमाथि ७–०को जित निकालेको थियो । पहिलो हार बेहोरेको बंगलादेशले भुटालाई ८–०ले हराएको थियो।

प्रतिस्पर्धात्मक बनेको खेलमा बलियो बंगलादेशविरुद्ध नेपाललाई जित दिलाउन वर्षाले ८७औं मिनेटमा निर्णायक गोल गरिन्।

डबल राउन्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा नेपाल, बंगलादेश र भटान गरी तीन टिम सहभागी छन्। लिगको शीर्ष टिमले उपाधि जित्ने छ।

अब नेपालले बुधबार भुटानसँग र शुक्रबार बंगलादेशसँग खेल्ने छ।

प्रकाशित मिति: १८:५४ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्