Kathmandu Press

धुलिखेलमा गठबन्धनको पक्षमा माहोल

धुलिखेल बजार क्षेत्रमा भएको घरदैलोमा स्थानीयको बाक्लो उपस्थिति देखिएको थियो। श्रीखण्डपुर, भ्याण्डोल, केयु चोक, २८ किलो, छाप गाउँ, हस्पिटल चोकबाट सरस्वतीबजार हुँदै अड्डा बजारसम्म भएको घरदैलोमा स्थानीयले घर–घरमा स्वागत गरेका थिए। 
धुलिखेलमा गठबन्धनको पक्षमा माहोल

बनेपा, कात्तिक १९ : स्थानीय तहको निर्वाचनमा एमालेले नगर प्रमुख पद जितेको धुलिखेल नगरपालिकामा लोकतान्त्रिक–वाम गठबन्धनको पक्षमा माहोल देखिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ को लागि गठबन्धनले धुलिखेलका विभिन्न वडामा गरेको घरदैलोमा स्थानीयले उम्मेदवारलाई भव्य स्वागत गरेका छन्।

314339031_634753558344818_727465465368570860_n1667652466.jpg

स्थानीय तहको निर्वाचन २०७९ मा धुलिखेलमा एमालेका जिल्ला अध्यक्ष अशोककुमार व्याञ्जु श्रेष्ठ निर्वाचित भएका थिए। एमाले निर्वाचित जिल्लाको एकमात्रै स्थानीय तह धुलिखेलमा लोकतान्त्रिक वाम गटठबन्धनको पक्षमा जनलहर देखिएको हो। 

313978935_455769276453207_3725233779230386197_n1667652465.jpg

गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवप्रसाद हुमागाई र प्रदेश सभा २ (क) का उम्मेदवार नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साललगायत समानुपातिकतर्फ प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका दिलसुन्दर श्रेष्ठ, मीना तामाङ, प्रदेश सभातर्फ कांग्रेसका सुरकृष्ण बैद्य, लक्ष्मी दनुवार, शान्ता थापा क्षेत्री, माओवादी केन्द्रका रुकु चौलागाई, भोला अर्याल, नेकपा एकीकृत समाजवादीकी कल्पना श्रेष्ठ, हरिगोपाल प्रधानाङ्ग, दिलबहादुर तामाङलगायतका उम्मेदवारलाई धुलिखेलमा स्थानीयले सगुन, फुलमालासहित स्वागत गरेका हुन्। 

313989509_488528726636717_4353241642160144957_n1667652465.jpg

धुलिखेल बजार क्षेत्रमा भएको घरदैलोमा स्थानीयको बाक्लो उपस्थिति देखिएको थियो। श्रीखण्डपुर, भ्याण्डोल, केयु चोक, २८ किलो, छाप गाउँ, हस्पिटल चोकबाट सरस्वतीबजार हुँदै अड्डा बजारसम्म भएको घरदैलोमा स्थानीयले घर–घरमा स्वागत गरेका थिए। 

313832653_818228709447405_1247123815416450575_n1667652464.jpg

संविधानसभा सदस्य समेत रहेका नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटा, जिल्ला लोकतान्त्रिक–वाम गठबन्धन जिल्ला परिचालन समितिका संयोजक रहेका कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मर्दन सिं तामाङ (पेमा), गठबन्धनको नगर परिचालन समितिका संयोजक विदुरबहादुर बस्नेत, प्रचारप्रसार समितिका संयोजक दयासागर श्रेष्ठसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनमोर्चा नेपालका जिल्ला तथा नगरस्तरीय नेता, कार्यकर्ताको सहभागिता थियो। 

313788587_469608045151294_466668461006298479_n1667652463.jpg

श्रीखण्डपुरमा भएको कोणसभामा बोल्दै प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार शिवप्रसाद हुमागाईले मतदाताको आस्था र विचारमाथि ठेस पुग्ने कुनै काम नगर्ने  प्रतिबद्धता जनाउँदै आफूलाई मतदान गर्न अनुरोध गरे। ढल प्रशोधन, जीर्ण पुल पुननिर्माण र खानेपानी लगायतका स्थानीयका समस्या समाधान गर्न तत्काल काम थाल्ने हुमागाईले प्रतिवद्धता जनाए। धुलिखेलको गिता मन्दिरमा गजुर हाल्ने प्रतिवद्धता समेत हुमागाईले व्यक्त गरेका छन्।

313813027_651672489703847_5822889794924264515_n1667652463.jpg

कोणसभामा प्रदेश सभा २ (क) का उम्मेदवार लक्ष्मण लम्सालले स्थानीयको साथ, सल्लाह र सुझावकै आधारमा विकास निर्माणका काम अघि बढाउने र यसअघि थालिएका सबै योजनालाई तीब्र गतिमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रदेश सरकारबाट बजेट आफूले व्यवस्था गरे पनि कार्यान्वयन स्थानीय तहमार्फत गराउनुपर्ने विधिले गर्दा आफूले गरेको काममा अरुले जस लिएर जनतालाई दिग्भ्रमित गरेको बताए।

gathabandhan1667652362.jpg

314605077_1298424450908421_5395799049435786210_n1667652656.jpg

314526390_514406797253394_2110335324648456613_n1667652655.jpg

314484706_1169986583945874_3563126336928752013_n1667652654.jpg

314494330_534341464713142_507389219730289184_n1667652654.jpg

314458153_2665231650279286_2366240789078926949_n1667652653.jpg

314463369_1327530741409868_661865539955539674_n1667652653.jpg

314418342_825689582104493_977743628037360602_n1667652652.jpg

314339031_634753558344818_727465465368570860_n1667652651.jpg

313900940_611544000708336_1462234362321410391_n1667652651.jpg

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, कात्तिक १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्