Kathmandu Press

अफ्रिकामा खाद्य सुरक्षा बढाउन आह्वान

काठमाडौं, पुस १ : संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले अफ्रिकी देशहरुको खाद्य सुरक्षा बढाउनका लागि तत्काल ठोस कार्य गर्न आह्वान गरेको ....

अफ्रिकामा खाद्य सुरक्षा बढाउन आह्वान
फाइल

काठमाडौं, पुस १ : संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले अफ्रिकी देशहरुको खाद्य सुरक्षा बढाउनका लागि तत्काल ठोस कार्य गर्न आह्वान गरेको छ । तत्काल ठोस कार्यहरु गर्न नसकेमा भोकमरीलाई शुन्यमा झार्ने दिगो विकास लक्ष्य पुरा गर्न गाह्रो हुने पनि संगठनले चिन्ता व्यक्त गरेको छ । 

संगठनका महानिर्देशक क्यु डोङ्युले भने, “सन् २०३० सम्ममा पुरा गर्नु पर्ने लक्ष्य पुरा गर्नका लागि हामीसँग अव दश बर्ष मात्रै बाँकी छ, यही तरिकाले हामीले लक्ष्य पुरा गर्नसक्दैनौ ।” “मानवीय शक्ति र प्राकृतिक श्रोतसाधनका हिसावले अफ्रिका हाम्रो भविष्य हो, एसिया भन्दा यो धेरै सामर्थ र सम्भावना भएको क्षेत्र हो,” उनले भने । अफ्रिकी देशहरुमा भोकमरी बढ्दै गएमा पूर्वी देशहरुलाई घातक हुने र चुनौती थपिने गम्भीर चेतावनी पनि उनले दिए ।

विश्वका दुई अर्ब मानिस खाद्य असुरक्षाको जोखिममा रहेका र ती मध्ये अफ्रिकामा मात्रै ६० करोड ७६ लाख मानिस भोकमरी र कुपोषणको खतरामा रहेका राष्ट्रसंघीय निकायहरुले गत जुलाईमा जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: ०७:०५ बजे, मंगलबार, पुस १, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्